News Griha :: न्यूजगृह
म घर जलाएर खरानीको व्यापार गर्ने पक्षमा छैन : कानुन मन्त्री गुरुङ

काठमाडौं— कानुन मन्त्रीसमेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेसलाई जलाएर खरानीको टिका लगाउने काममा आफू संलग्न हुन नसक्ने तर्क गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ४१ औं बीपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा पार्टीका केही नेताले आफ्नो नामै लिएर टिप्पणी गरेपछि उनले सार्वजनिक रुपमा पार्टी हित विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। 

उनले भने ‘कांग्रेसको घर जलाएर खरानीको टिका लगाएर त्यही खरानीको व्यापार गर्ने यात्रामा धनराज गुरुङ कहिले पनि हुँदैन । कांग्रेसलाई होचो बनाउने पाटीलाई तल पार्ने गरेर सार्वजनिक रुपमा कसैले पनि भाषण दिने मन्तव्य दिने कुराहरू सँग म सहमत छैन् । ’ 

भित्र लडौला, छलफल गरौला तर मन्तव्य, अभिव्यक्ति दिनेबेला कांग्रेसलाई केन्द्रबिन्दुमा राख्नुपर्ने उनको तर्क छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:१३
Weather Update