किसानलाई मल र बीउ अभाव हुन नदिने मन्त्री मोदीको बचन

विराटनगर— सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् ।
मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे। सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ ले दिएको प्रतिवेदनका आधारमा गर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १६:५७