सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी— राजगढ गाउँपालिकामा मङ्गलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
राजगढ गाउँपालिका–६ जगाई टोल बस्ने ३५ वर्षीय उमेश मण्डल करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट पानी तानेर खेतमा लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।
मण्डललाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा चिकित्सकले मृत घोषणा गगरेका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १६:०१