दिनभरका मुख्य मुख्य समाचार मंगलबार, साउन ९, २०८०

डीएसपी ठगबहादुर केसी बर्खास्त मंगलबार, साउन ९, २०८० गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

देउखुरीका दर्जन बढी घर डुबानमा मंगलबार, साउन ९, २०८० दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् ।
![धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको सर्वोच्चको ठहर [आदेशसहित]](https://newsgriha.com/uploads/posts/prem chalaune-tu1690293553.jpg)
धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको सर्वोच्चको ठहर [आदेशसहित] मंगलबार, साउन ९, २०८० सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेर धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको ठहर गरेको छ । न्यायधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले साउन ७ गते उक्त आदेश गरेको हो ।

नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने, रञ्जिताले लेखिन् मुख्यमन्त्रीलाई पत्र मंगलबार, साउन ९, २०८० नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठक लाइभबारे के भन्छन् शेखर ? मंगलबार, साउन ९, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताएका छन् ।

अटोमोबाइल क्षेत्रले अपेक्षा गरेअनुसार मौद्रिक नीति आएन : अध्यक्ष थापा मंगलबार, साउन ९, २०८० नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताएका छन् ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको बहस हेर्दाहेदैमा मंगलबार, साउन ९, २०८०

जनमतले बोलायो पूर्ण बैठक मंगलबार, साउन ९, २०८०

रास्वपाको एक्सन : निलम्बन गर्यो बझाङ संयोजक मंगलबार, साउन ९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । रास्वपा महामन्त्री मुकुल ढकालले खड्कालाई निलम्बन गरिएको जानकारी दिए ।

प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ मंगलबार, साउन ९, २०८० होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बाग्लुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नदीको बीचमा फसेका पाँच जनाको सकुशल उद्धार मंगलबार, साउन ९, २०८० बुटवल उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्ती, बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहा,मायादेवी गाउँपालिकाका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अबदेश कुमार यादवलाई उद्धार गरिएको हो ।

फौजदारी मुद्दा लागेकालाई छुट दिँदा देशको छवि धुमिल बन्यो : शेखर कोइराला मंगलबार, साउन ९, २०८० ‘भुटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शून्य सहनशिलताको रुपमा लिएर कांग्रेस अगाडि बढ्छ भन्ने कुरा राख्न चाहन्छु ।’









