News Griha :: न्यूजगृह
धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको सर्वोच्चको ठहर [आदेशसहित]

काठमाडौं— सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेर धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको ठहर गरेको छ ।

न्यायधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले साउन ७ गते उक्त आदेश गरेको हो ।

उनीहरूलाई पुनः पक्राउ गर्न र उनीहरूको सम्पत्ति रोक्का गर्नेबारे निर्णय गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ ।

प्रतिवादीहरूले जिल्ला अदालतको तारेख टुटाएको र आदेश बमोजिमको अन्तरिम क्षतिपूर्तिसमेत नदिएको भन्दै मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ८७ आकर्षित हुने नहुने यकिन गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको हो ।

आदेश

prem chalaune (1)1690292969.jpg

prem chalaune (2)1690293001.jpg

prem cha1690293021.jpg

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:३३
Weather Update