News Griha :: न्यूजगृह
नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने, रञ्जिताले लेखिन् मुख्यमन्त्रीलाई पत्र

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । 

उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र पठाउँदै सरकारमा सहभागी नहुने जनाएकी छिन् ।

प्रदेश सरकारमा नागरिक उन्मुक्तिले दुई वटा मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको थियो ।

मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि नाउपा सरकारमा जानबाट पछि हटेको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:१८
Weather Update