News Griha :: न्यूजगृह
डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौं— गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

आजै मंगलबारदेखि लागू हुने गरी मन्त्रालयले केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी कुँवेर कडायतले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले एक महिना अघि केसीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा सुन व्यापारीसँग सुन बरामद नगरेको र आफैंले लिन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृहमा सिफारिस गरेको थियो ।

साे सम्बन्धमा छानबिन गर्न एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समिति समेत बनेको थियो । उक्त समितिले पनि उनलाई भ्रष्टाचार ऐन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:०४
Weather Update