काठमाडौं— जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक बोलाएको छ ।
समसामयिक विषयमा छलफल गर्न कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको पार्टीका प्रवक्ता डा.शरद्सिंह यादवले जानकारी दिए ।
बैठक यही साउन १८ गते बस्नेछ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १८:३३