News Griha :: न्यूजगृह
अटोमोबाइल क्षेत्रले अपेक्षा गरेअनुसार मौद्रिक नीति आएन : अध्यक्ष थापा

काठमाडौं— नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रले अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताएका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नाडाका अध्यक्ष थापाले आइतबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएका सुझाव र अपेक्षा अनुसारको मौद्रिक नीति नआएको बताए ।

‘अटोमोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको थियो । अर्थतन्त्र सकारात्मक मोडमा गइरहेकाले आशा ठूलो नै थियो । अटोमोबाइल क्षेत्रको अपेक्षा अनुरुपको मौद्रिक नीति प्राप्त गर्न सकेनौं,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:५३
Weather Update