News Griha :: न्यूजगृह
रास्वपाको एक्सन : निलम्बन गर्‍यो बझाङ संयोजक

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । रास्वपा महामन्त्री मुकुल ढकालले खड्कालाई निलम्बन गरिएको जानकारी दिए ।

‘पत्रकारमाथि हातपात गरेको भनी आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ । अनुसन्धान समितिले थप अनुसन्धान गर्दै छ,’ उनले भने ।

रास्वपा बझाङ संयोजकसमेत रहेका होटल होलिडे इनका सञ्चालक खड्काको निर्देशनमा खप्तड आवाज रेडियोका पत्रकार सुनिल मण्डेललाई साउन ८ गते निवासबाटै अपहरण गरी बन्दी बनाएर आक्रमण गरेको आरोप थियो ।

पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति निकालेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:२४
Weather Update