कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको बहस हेर्दाहेदैमा

काठमाडौं— कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा भएको सुनुवाई हेर्दा हेर्दैमा सकिएको छ ।
मंगलबार भएको रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरू टीकाराम भट्टराई, भीमार्जुन आचार्य, बद्रीबहादुर कार्कीलगायतले बहस गरे ।
प्रतिवादी मध्ये प्रदेश सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणी पोखरेल, सहन्यायाधीवक्तालगायतले बहस गरे ।
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिएको रिट निवेदनमा सभामुख बाबुराम गौतम, प्रदेश प्रमुख परशु राम खापुङ र मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १८:३९