केन्द्रीय कार्यसमिति बैठक लाइभबारे के भन्छन् शेखर ?

काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताएका छन् ।
बीपी कोइरालाको ४१औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता कोइरालाले सो कुरा बताएका हुन् ।
उनले भने,‘फेसबुक लाइभ गर्यौं । कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला । म राम्रो नराम्रो अहिले भन्न सक्दिनँ । म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो । केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ । बाहिर आउनुहुँदैन ।’
उनले बैठक आरोप प्रत्यारोपमा सीमित भएको पनि बताए ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १९:०३