News Griha :: न्यूजगृह
नदीको बीचमा फसेका पाँच जनाको सकुशल उद्धार

काठमाडौं— काम गर्न गएका बेला नदीको बीच भागमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ ।

बुटवल उपमहानगरपालिका १३ र १४ को सीमानास्थित दानव र अन्य नदीमा बाढी आई नदीको बीचमा भागमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो ।

बुटवल उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्ती, बुद्धनगरस्थित तिनाउ नदीमा फसेका ६४ वर्षीय मिनमहादुर गाहा,मायादेवी गाउँपालिकाका–६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका–२ का अवदेश कुमार यादवलाई उद्धार गरिएको हो ।

भारी वर्षाका कारण नदीको बहाव बढ्न गई उनीहरू फसेका थिए । सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले नदीमा उनीहरू फसेको जानकारी पाउनासाथ नम्बर २७ गण रुपन्देहीबाट टोली परिचालित भएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:५४
Weather Update