News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइयो, पाण्डेलाई पठाइयो

काठमाडौं—  एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । पोखरेल २ महिनादेखि छुट्टीमा छन् ।

२०७९ पुसमा विद्युतीय चुरोटमा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका हुन् ।

पोखरेल बिदामा रहेकै बेला साउन ३ मा विमानस्थल पार गरेको करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:५०
Weather Update