ट्याक्सी दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर— फिदिम नगरपालिका– २ कृष्ण मन्दिरमा मङ्गलबार ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाटफिदिमतर्फ आउँदै गरेको मे १ ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले बताए । दुर्घटनामा १३ जना घाइते छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि झापा लगिएको छ । अन्यको जिल्लामै उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८० १४:४२