News Griha :: न्यूजगृह
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं— मंगलबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन तेजाबी सुन १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा भने नगन्य गिरावट आएको छ । प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँ तोलामा चाँदीको कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:३७
Weather Update