News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा कानुनमन्त्रीले मागे माफी : ६० दिन कटेको विधेयक राष्ट्रिय सभामा टेबल 
राष्ट्रिय सभामा कानुनमन्त्रीले मागे माफी : ६० दिन कटेको विधेयक राष्ट्रिय सभामा टेबल  बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताए । उनले सामन्तवादका अवशेषहरूको अन्त्यका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताए । उनले विधेयकको रूप फेरिए पनि सार नफेरिएको प्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए ।
राष्ट्रिय सभामा एमाले सांसदले भने—गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन
राष्ट्रिय सभामा एमाले सांसदले भने—गृहमन्त्रीको संलग्नता बिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैन बिहीबारको राष्ट्रिय सभा बैठकमा नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताए । उनले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणाममा सुन तस्करी हुनै नसक्ने दाबी गरे ।
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबल : बैठक आधा घण्टाका लागि स्थगित
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभामा टेबल : बैठक आधा घण्टाका लागि स्थगित बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।  
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग ‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र ?,’ समिति नबने संसद्को कामकारबाही अगाडि बढ्न नसक्नेतर्फ सङ्केत गर्दै उनले भने, ‘त्यसकारण उच्चस्तरीय छानबिन समिति बनोस्, समितिमा सरकार, विभिन्न राजनीतिक दलको सहभागिता होस् ।’ संसदीय छानबिन समिति...
लम्पी स्किनलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग : क्षतिपूर्ति नपाए आन्दोलन गर्ने चेतावनी
लम्पी स्किनलाई महामारी घोषणा गर्न राष्ट्रिय किसान सञ्जालको माग : क्षतिपूर्ति नपाए आन्दोलन गर्ने चेतावनी काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् । लम्पी स्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको जस्ता मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सञ्जालले आन्दोलन घोषणा गरेको हो ।
नाइजरमा सैन्य 'कू', राष्ट्रपति सैनिक हिरासतमा
नाइजरमा सैन्य 'कू', राष्ट्रपति सैनिक हिरासतमा नाइजरका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै सत्ता हातमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुख अमादु अब्दरामले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?  मङ्गलबारदेखि बढ्न सुरु गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । यसअघि साउन ४ गते हालसम्म कै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख १३ हजार ५ सय...
घूस लिएको आरोपमा प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज पक्राउ 
घूस लिएको आरोपमा प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज पक्राउ  खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन्  ।
महोत्तरीबाट मिटरब्याजी नेता पक्राउ
महोत्तरीबाट मिटरब्याजी नेता पक्राउ अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा साह र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन बारे छलफल भइरहेको थियो ।
५ केजी अफिमसहित तीन पक्राउ
५ केजी अफिमसहित तीन पक्राउ उनीहरु कोहलपुर नगरपालिका—११ बसपार्कस्थित एक होटेलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका— ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई छन्  ।
विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै
विश्वकपका लागि एसियाली छनोट खेल आज हुँदै दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन् । यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कुल ३६ टोलीलाई ४/४ टोलीको ९ समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै तेस्रो चरणमा खेल्नेछन् ।
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए नगरभित्रको सार्वजनिक जग्गा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा– ८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।
Weather Update