News Griha :: न्यूजगृह
घूस लिएको आरोपमा प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज पक्राउ 

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज प्रहरी बरिष्ठ हबल्दार विष्णु सिंहलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ ।    

खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन्  ।

घूस बापत लिएको ६२ हजार ५१५ रुपैयाँसहित उनलाई बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:५९
Weather Update