News Griha :: न्यूजगृह
महोत्तरीबाट मिटरब्याजी नेता पक्राउ

काठमाडौं— महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भँगाहा नगरपालिका— ६ हतिसर्वाका मिटरब्याजी नेता इन्द्रजित साह छन् । उनी साहुहरूको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् ।

अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा साह र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन बारे छलफल भइरहेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीबार पुनः जिल्ला प्रशासन कार्यालयमा छलफल हुनेछ । 

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:४७
Weather Update