News Griha :: न्यूजगृह
नाइजरमा सैन्य 'कू', राष्ट्रपति सैनिक हिरासतमा
pgoto : bbc.com/pidgin

काठमाडौं— पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ ।

नाइजरका सेना प्रमुखले संविधान भंग भएको घोषणा गर्दै सत्ता हातमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुख अमादु अब्दरामले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।

सम्बोधनमा उनले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् । सबै स्थल र हवाई सीमा बन्द गरिएको छ भने रात्रिकालीन कर्फ्यु लगाइएको छ ।  राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा राखिएको छ ।

राष्ट्रपतिका समर्थकले भने उनलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:२२
Weather Update