५ केजी अफिमसहित तीन पक्राउ

नेपालगञ्ज— बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।
उनीहरु कोहलपुर नगरपालिका—११ बसपार्कस्थित एक होटेलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका— ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागूऔषध अफिम कारोबारी हुन् । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १०:२४