
काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
मङ्गलबारदेखि बढ्न सुरु गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । यसअघि साउन ४ गते हालसम्म कै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ मात्र कम हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।