मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता यस्ता निर्णयहरू बुधबार, साउन २४, २०८०

नेविसंघले शेरबहादुर देउवाको घर घेर्ने बुधबार, साउन २४, २०८० नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेको छ । नेविसंघ तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।
1691239424.jpg)
म जोड दिएर भन्छु,भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको छ : राजेन्द्र लिङ्देन बुधबार, साउन २४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गरेको आरोप लगाएका छन् ।

१४० वर्षपछिको ठूलो बाढीले चीनमा पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु बुधबार, साउन २४, २०८० जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।

ब्युँतिदै जिल्ला शिक्षा कार्यालय बुधबार, साउन २४, २०८० सरकारले संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयक प्रमाणीकरणपछि जिल्ला शिक्षा कार्यालय ब्युँतिने भएको छ । उक्त विधेयकमा जिल्लामा जिल्ला शिक्षा कार्यालय सम्बन्धी व्यवस्था गरिएको छ । ‘एक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहनेछ,’ शिक्षा विधेयकमा भनिएको छ ।

पहिरोमा मृत्यु भएका बुवा-छोरीको शव अस्पताल ल्याइयो, तीन जनाको शव खाेजी जारी बुधबार, साउन २४, २०८० पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको हो । सोही पहिरोमा परेर अझै तीन जना बेपत्ता रहेका छन् ।

निजी विद्यालय सञ्चालकहरूले बुझाए स्थानीय तहमा ज्ञापनपत्र बुधबार, साउन २४, २०८० निजी शैक्षिक संस्थाका छाता संगठनले बुधबार देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएका छन् ।

द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का बुधबार, साउन २४, २०८० उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो रहेको बताएका छन् ।

पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द बुधबार, साउन २४, २०८० बुधबार दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ ।

मनाङ पुग्ने रहर, छैन बाटोको भर बुधबार, साउन २४, २०८० हुन त स्वर्गको अनुभूति गर्न सहज कहाँ हुन्छ र ? मनाङ पुग्नका लागि सडक सञ्जाल पुगेको छ । तर, सहज भने छैन । घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी...

तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइनु हुँदैन : स्वर्णिम वाग्ले बुधबार, साउन २४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले तीन दलको लेनदेनको विषयले संसद् बन्धक बनाइएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग सांसद वाग्लेले तीन दलले आफ्नो लेनदेनको विषय संसद् बाहिर नै समाधान गर्नु पर्ने बताए ।

सरकारले गर्यो दुई जनाको नागरिकता रद्द बुधबार, साउन २४, २०८० मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी वंशजका आधारमा नागरिकता लिएका अमन चौधरी अग्रवालको नागरिकता रद्द गरिएको बताइन् ।

अनुसन्धानले दोषी देखाए भगवती पाण्डेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, साउन २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून व्यवसायी भगवती पाण्डे 'शीतल' ले तामाङ लगायतका संस्कारमा दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौंमा गरेको कार्यक्रममा उनले पाण्डे दोषी देखिए कारबाही हुने बताएका हुन् ।









