अनुसन्धानले दोषी देखाए भगवती पाण्डेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून व्यवसायी भगवती पाण्डे 'शीतल' ले तामाङ लगायतका संस्कारमा दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार आदिवासी जनजातिले काठमाडौंमा गरेको कार्यक्रममा उनले पाण्डे दोषी देखिए कारबाही हुने बताएका हुन् ।
‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु,’ उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईँहरूलाई जानकारी गराउँछु ।’
यो पनि पढ्नुहोस
कानून व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी
कानून व्यवसायी भगवती पाण्डे पक्राउ
रिहा भइन् कानून व्यवसायी भगवती पाण्डे
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १७:३१













