News Griha :: न्यूजगृह
रिहा भइन् कानुन व्यवसायी  भगवती पाण्डे

काठमाडौं— कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर म्याद थपका लागी बिहीबार अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले बताए ।

‘शीतल’ले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।  

उनको उक्त अभिव्यक्ति मुस्लिम, मगर र तामाङ समुदाय प्रति लक्षित थियो । ती समुदायमा दाजु बहिनीबीच विवाह हुने गरेको अभिव्यक्ति उनले दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र  नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनले जाहेरी दिएका थिए । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १०:४६
Weather Update