
काठमाडौं— विवादास्पद अभिव्यक्ति दिएको आरोपमा काठमाडौं प्रहरीले कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गरेको छ ।
एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाण्डेले हाडनाता भित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने अभिव्यक्ति दिएकी थिइन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानुन व्यवसायी पाण्डेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरुद्ध तामाङ, मगर समुदायका व्यक्ति तथा संस्था, समूहले जाहेरी दिएका छन् ।
बुधबार नै पाण्डेलाई पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले प्रदर्शन गरेको थियो । सो क्रममा केही प्रर्दशनकारी समेत पक्राउ परेका छन् ।
हेर्नुहोस् नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति