पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द

तनहुँ— पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ ।
बुधबार दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ ।
अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० १८:०२













