News Griha :: न्यूजगृह
ब्युँतिदै जिल्ला शिक्षा कार्यालय

काठमाडौं—सरकारले संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयक प्रमाणीकरणपछि जिल्ला शिक्षा कार्यालय ब्युँतिने भएको छ । उक्त विधेयकमा जिल्लामा जिल्ला शिक्षा कार्यालय सम्बन्धी व्यवस्था गरिएको छ ।

‘एक जिल्लामा जिल्ला शिक्षा कार्यालय रहनेछ,’ शिक्षा विधेयकमा भनिएको छ ।

जिल्ला शिक्षा कार्यालयको काम र कर्तव्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, विद्यालय नक्सांकनसम्बन्धी काम गर्ने, विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकसम्बन्धी कार्यको सहजीकरण गर्ने, जिल्लाको शैक्षिक तथ्यांक संकलन गर्ने, विद्यालय शिक्षामा कार्यरत शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकास सम्बन्धी कार्य गर्ने, विद्यालय शिक्षा सम्बन्धमा समन्वय गर्ने, सार्वजनिक विद्यालयको सम्पत्तिको अभिलेख राखे, स्थानीय तहसँग समन्वय गरी सार्वजनिक विद्यालय, शिक्षक तथा विद्यार्थीको अनुगमन गर्ने, मूल्यांकबाट उत्कृष्ट देखिएका शिक्षक तथा विद्यालयलाई पुरस्कार र प्रोत्साहनको सिफारिस गर्ने र नेपाल सरकार, प्रदेश सरकार, बोर्ड र आयोगले तोकेका अन्य कार्य गर्ने शिक्षा विधेयमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १८:२८
Weather Update