नाबालिकामाथि यौनहिंसा गर्ने दुई जना पक्राउ बुधबार, साउन २४, २०८०
एमालेले संसद् बैठक अवरुद्ध गर्नुहुन्न : माओवादी सांसद जगप्रसाद शर्मा बुधबार, साउन २४, २०८० जनसरोकारका विषयमा छलफल गर्ने थलो संसद्लाई अवरोध गरेर कुनैपनि ढंगले यसको औचित्य पुष्टि गर्न नसक्ने हुनाले एमालेले संसद् अवरोध गर्न नहुने उनको तर्क थियो ।

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ : सचिव विष्ट बुधबार, साउन २४, २०८० नेकपा एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रुपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।

सङ्खुवासभा कारागारमा झडप, दुई कैदीको मृत्यु बुधबार, साउन २४, २०८० दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

एमालेको नारावाजीपछि प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित बुधबार, साउन २४, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । एमालेको अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी स्थगित भएको छ । त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको...

नारायणगढ–मुग्लिनको जाम खुलाउन रास्वपा चाहिँदैन : चितवन प्रशासन बुधबार, साउन २४, २०८० जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो। सो क्रममा जाममा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले खटाएको आरएटी नाम दिइएको एउटा समूह परिचालन भएको...

को हुन् पशुपतिनाथका नयाँ भट्ट ? बुधबार, साउन २४, २०८० दक्षिण भारतको त्रिलिङ्गी ब्राह्मण परिवारका अडिगा पशुपतिनाथको दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त भएका हुुन् । यस मुहारका पुजारी रमाकारान्त भट्टले करिब चार महिनाअघि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । राजीनामा दिएको चार महिनामा अडिगालाई दक्षिण मुहारको पुजारीका रुपमा नियुक्त गरिएको हो ।

भीभीआईपीहरूको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित छौँ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बुधबार, साउन २४, २०८० एउटै (वीर) अस्पतालबाट सेवा दिन कत्तिको सम्भव होला ? भीभीआईपीहरूको चाहना र व्यावहारिकता लाई पनि हेर्नुपर्ने हुनसक्छ । जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रिया बमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरूबाट उपचार व्यवस्थापन गर्न सकिन्छ । विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी...

मन्त्री ज्वालासँग पूर्वाधार विज्ञले भने— खर्चिलो भएपनि सुरुङ मार्गमै जाऊ बुधबार, साउन २४, २०८० भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र पछि बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् ।

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध बुधबार, साउन २४, २०८० उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।

अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन बुधबार, साउन २४, २०८० महासङ्घले बुधबार काठमाडौंमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आफूहरूले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफूहरूलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए ।

नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ बुधबार, साउन २४, २०८० बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रियामा उनले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वय गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने गृहमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

महाकाली नदीले सतर्कता तह पार गर्यो, वनबासा पुल बन्द बुधबार, साउन २४, २०८० महाकाली नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बाढीको बहाव १ लाख ३१ हजार क्युसेक मापन भएपछि शारदा ब्यारेज (वनवासा) पुलमा चारपाङ्ग्रे सवारी साधनलाई आउजाउ गर्न रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान...









