News Griha :: न्यूजगृह
अध्यक्ष सिंह भन्छन्— विगतको सरकारको गल्ती हो भनेर वर्तमान सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन

काठमाडौं— नेपाल निर्माण व्यवसायी महासङ्घले भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेको छ ।

महासङ्घले बुधबार काठमाडौंमा सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आफूहरूले सरकारलाई काम गर्ने कार्यतालिका दिने र सरकारले आफूहरूलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्ने बताए ।

उनले भने, ‘सरकारलाई काम गर्ने कार्यतालिका हामी  दिन्छौं । सरकारले हामीलाई भुक्तानी गर्ने कार्यतालिका दिनुपर्छ । यो विगतको सरकारले गरेको गल्ती हो भनेर सरकार पन्छिरहेको छ । यसको लागि प्रधानमन्त्री र अर्थमन्त्री जिम्मेवार हुनुपर्छ । ’ 

अध्यक्ष सिंहले राज्यले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताए । राज्यले यसको जिम्मेवारी नलिने हो भने निर्माण व्यवसाय अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।   

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ११:५९
Weather Update