News Griha :: न्यूजगृह
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध

काठमाडौं— वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।

 यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको सूचना अधिकारी तथा निर्देशक उप्रेतीले बताए ।  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:०५
Weather Update