News Griha :: न्यूजगृह
बोल्न नपाएको उपसभामुखको गुनासो
बोल्न नपाएको उपसभामुखको गुनासो बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् । उपसभामुख रानाले भनिन्, ‘प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे,...
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि विद्यालय बन्द बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । जिल्लामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ ।
यही वर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ
यही वर्ष आदिवासी जनजातिको अधिकारी स्थापित गर्छौ : कानुन मन्त्री गुरुङ कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका कानुन मन्त्री गुरुङले २०८० साल भित्र सरकारले आदिवासी जनजातिको हक अधिकार स्थापित गर्ने बताए ।
सप्तरीमा २५ घर डुबानमा, चार घरमा क्षति
सप्तरीमा २५ घर डुबानमा, चार घरमा क्षति तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ । निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। स्थानीयलाई सुरक्षित स्थानतर्फ लगिएको छ  ।
पहिरोमा पुरिएर बालकको मृत्यु
पहिरोमा पुरिएर बालकको मृत्यु पहिरोमा पुरिएर बिगु गाउँपालिका– २ ओराङका एक बालकको मृत्यु भएको छ ।  तामाकोसी नदीमा माछा मार्न गएका १४ वर्षीय तिरिश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।
पशुपतिमा थपिए पुजारी
पशुपतिमा थपिए पुजारी  हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिर रिक्त रहेको एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई मन्दिर प्रवेश गराएको परिषदका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । 
कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध
कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद पौडेलका अनुसार पहिरोले करिडोर अवरुद्ध भएसँगै यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो पन्छाउन समस्या भएकाले तत्काल सडक सञ्चालन हुने सम्भावना कम रहेको उनले बताए ।  
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता बागमती गाउँपालिका– ५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये बुधबार बिहान थप दुई जनाको शव फेला परेको छ । मङ्गलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान
त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ । 
विषालु च्याउ खाँदा १२ जना बिरामी
विषालु च्याउ खाँदा १२ जना बिरामी बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका– ९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबहादुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामी मगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका– १६ का हर्क रम्जाली छन् ।
प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सापकोटा
प्रवक्ताको जिम्मेवारी सम्हाल्दै सापकोटा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ । त्यसका लागि दिउँसो १ बजे सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् ।
कोशीमा आज सार्वजनिक बिदा 
कोशीमा आज सार्वजनिक बिदा  कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् । 
Weather Update