News Griha :: न्यूजगृह
विषालु च्याउ खाँदा १२ जना बिरामी

डोटी— आदर्श गाउँपालिका– २ कारङेमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् ।  

दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिए ।

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका– ९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबहादुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामी मगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका– १६ का हर्क रम्जाली छन् ।

उनीहरूको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।  

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:००
Weather Update