News Griha :: न्यूजगृह
सप्तरीमा २५ घर डुबानमा, चार घरमा क्षति
फाइल तस्बिर ।

राजविराज— तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३सकरपुरास्थितरामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।

निरन्तरको वर्षाले केही ठाउँमा तटबन्ध भत्किएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए। स्थानीयलाई सुरक्षित स्थानतर्फ लगिएको छ  ।

बाढीबाट चार घरमा क्षति पुगेको छ । अत्यधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिंह अस्पताल परिसरलगायतका स्थान डुबानमा परेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १०:४९
Weather Update