आदिवासी तथा जनजाति दिवस
कोशीमा आज सार्वजनिक बिदा

काठमाडौं— कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरू सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका हुन् ।
कोशी प्रदेश सरकारको वार्षिक क्यालेन्डरमा नै प्रदेशभरि यो दिवसका दिन बिदा दिने तय गरिएको छ । कोशीमा आदिवासी तथा जनजाति समुदायको बसोबास अन्य प्रदेशको तुलनामा धेरै छ ।
‘आदिवासी युवाहरू आत्मनिर्णयका लागि परिवर्तनका एजेन्टहरू’ भन्ने नारासहित आज अर्थात् अगस्ट ९ मा अन्तर्राष्ट्रिय रुपमा आदिवासी जनजाति दिवस मनाइन्छ ।
प्रकाशित मिति: बुधबार, साउन २४, २०८० ०९:४२













