News Griha :: न्यूजगृह
नाबालिकामाथि यौनहिंसा गर्ने दुई जना पक्राउ

काठमाडौं— अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहनामा अनलाइन अडिओ र भिडिओ कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट  साथी बनाएर भिडिओ कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गरेकोले पक्राउ गरिएको बताए।

उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ ।   

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:५६
Weather Update