प्रधानमन्त्री असोज ४ गते चीन जाने मंगलबार, साउन ३०, २०८०

प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जाने मंगलबार, साउन ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ ३० गते अमेरिका जाने भएका छन् ।

मन्त्रिपरिषद् बैठक : फास्ट ट्र्याकको डीपीआर संशोधन मंगलबार, साउन ३०, २०८० मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।

मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खोल्ने निर्णय मंगलबार, साउन ३०, २०८० सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गासम्बन्धी काम फुकुवा गर्ने निर्णय गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाटसम्बन्धी निर्णय गरेको छ । अहिलेसम्म रोकिएको जग्गा कित्ताकाट,नामसारीलगायतका कामहरूलाई फूकाउने गरी भूउपयोग नियमावली पास गरेको छ,’उनले भने...

कक्षा १२ को नतिजामा चित्त नबुझे १५ दिनभित्र पुनर्योग गराउन सकिने मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सकिने बताएको छ ।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकियो मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकेको छ ।

कक्षा १२ को परीक्षाफल : कति जीपीए ल्याउने विद्यार्थीको संख्या कति ? मंगलबार, साउन ३०, २०८० ३.२१ देखि ३.६०सम्म ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ छन् । २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको संख्या ६९ हजार १७४ छ ।

कक्षा १२ को परीक्षाफल : ५१ प्रतिशत विद्यार्थी पास मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएको जनाएको छ । मंगलबार साँझ परीक्षाफल सार्वजनिक गर्दै बोर्डले सो कुरा जनाएको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएको बोर्डको भनाइ छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा मंगलबार, साउन ३०, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ देखि जेठ ५ गते सकिएको परीक्षाको नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक भएको हो ।

कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको छु : प्रधानमन्त्री दाहाल मंगलबार, साउन ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नौ किलो सुन तस्करीमा मुछिएका आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे छानबिन गर्न प्रहरीलाई भनिसकेको बताएका छन् ।
![चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Home Ministery1691390580.jpg)
चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित] मंगलबार, साउन ३०, २०८० सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीमा पठाएको छ ।

‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक कर्मचारीको धर्ना मंगलबार, साउन ३०, २०८० ‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक तथा कर्मचारीले धर्ना दिएका छन् ।

दिल्ली जान लागेको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो, सबै यात्रु निस्किए मंगलबार, साउन ३०, २०८० ‘दिल्ली उडानको तयारी हुँदै गर्दा विमानको ब्रेकमा समस्या आएको हो, अहिले तानेर पार्किङमा सारिएको छ,’ विमानस्थलका प्रवक्ता सुवाष झाले भने, ‘अहिले विमानबाट सबै यात्रु निस्किसक्नु भएको छ ।’









