मन्त्रिपरिषद् बैठक : फास्ट ट्र्याकको डीपीआर संशोधन

काठमाडौं— मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डीपीआर संशोधन गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले द्रुत मार्गको डीपीआर संशोधन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।
डीपीआर संशोधनले एकदेखि डेढ किलोमिटर लम्बाइ घटेको छ भने सुरुङको संख्या बढ्ने भएको छ । त्यस्तै लागत पनि करिब २ अर्बले घट्ने भएको छ ।
द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर रहेको छ । यसको निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको छ भने भौतिक प्रगति २५.५४ प्रतिशत मात्रै भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १९:१६













