कक्षा १२ को नतिजामा चित्त नबुझे १५ दिनभित्र पुनर्योग गराउन सकिने

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ सार्वजनिक गरेको कक्षा १२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सकिने बताएको छ ।
पुनर्योगमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए ।
पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १८:५०















