कक्षा १२ को परीक्षाफल : ५१ प्रतिशत विद्यार्थी पास

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएको जनाएको छ । मंगलबार साँझ परीक्षाफल सार्वजनिक गर्दै बोर्डले सो कुरा जनाएको हो ।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएको बोर्डको भनाइ छ ।
त्यस्तैगरी ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १८:२४














