कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकियो

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा मिति तोकेको छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि आगामी असोज ६ र ७ गतेलाई ग्रेडवृद्धि परीक्षा मिति तोकिएको बोर्डले जनाएको छ ।
बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
उनकाे भनाइमा एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् ।
साे विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १८:४१













