News Griha :: न्यूजगृह
दिल्ली जान लागेको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्कियो, सबै यात्रु निस्किए
फाइल तस्बिर

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडानको तयारीमा एअर इण्डियाको विमान धावनमार्गमा अड्किएको छ ।

काठमाडौंबाट दिल्ली उडानको तयारी गर्दा जहाज विमानस्थलको धावनमार्गमा अड्किएको हो ।

‘दिल्ली उडानको तयारी हुँदै गर्दा विमानको ब्रेकमा समस्या आएको हो, अहिले तानेर पार्किङमा सारिएको छ,’ विमानस्थलका प्रवक्ता सुवाष झाले भने, ‘अहिले विमानबाट सबै यात्रु निस्किसक्नु भएको छ ।’

उडान नम्बर २१६ को जहाजको ह्विललक भएपछि धावनमार्गमै अड्किएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:४५
Weather Update