चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित]
![चार जिल्लाका सीडीओ फेरिएः धनुषामा पाण्डे, चितवनमा थापा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Home Ministery1691390580.jpg)
काठमाडौं— गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन् ।
सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवनमा सरुवा गरिएको छ । त्यस्तै, चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीमा पठाएको छ ।
यसैगरी, धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १७:५९













