News Griha :: न्यूजगृह
‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक कर्मचारीको धर्ना 

काठमाडौं— ‘प्रस्तावित शिक्षा ऐन २०८० खारेज गर’ भन्दै शिक्षक तथा कर्मचारीले धर्ना दिएका छन् ।

संघीय शिक्षा ऐन २०८० को मस्यौदा शिक्षक तथा कर्मचारीहरूको हकअधिकार विपरित रहेको भन्दै मंगलबार नेपाल शिक्षक महासंघको आयोजनामा प्रत्येक जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा उनीहरूले धर्ना दिएका हुन् ।

साथै शिक्षक तथा कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् । संघीय शिक्षा ऐनको मस्यौदा संसदमा टेबुल गर्ने प्रक्रियामा छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:४९
Weather Update