प्रधानमन्त्री असोज ४ गते चीन जाने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी असोज ४ गते छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् ।
बालुवाटारमा मंगलबार सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणबारे जानकारी दिएका हुन् ।
चीन जानुअघि प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका जानेछन् । त्यतैबाट उनी चीन जान लागेका हुन् ।
चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि क्वाङसँगको भेटवार्ता तय भएको पनि दाहालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १९:३९













