News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षाफल : कति जीपीए ल्याउने विद्यार्थीको संख्या कति ? 

काठमाडौं— गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ ६ बजे परीक्षाफल सार्वजनिक गरेको हो ।

कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जीपीए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको संख्या ६ हजार ९७६ छन् ।

३.२१ देखि ३.६०सम्म ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ छन् । २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको संख्या ६९ हजार १७४ छ ।

जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ११ हजार चार सय ३८ रहेको छ ।

यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या ४७ रहेको छ । एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको बोर्डले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:३४
Weather Update