पर्वतमा उद्योग तथा व्यवसाय बन्द हुने क्रम बढ्यो मंगलबार, साउन ३०, २०८०

सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, दबाब र प्रभाव रोकिने मंगलबार, साउन ३०, २०८० तालिमपश्चात पास ‘आउट’ भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै, ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ । यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन् । मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको...

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्यो मंगलबार, साउन ३०, २०८० गत आर्थिक वर्ष अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये २४ दशमलव ८७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदसम्बन्धी थिए । चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दा ३६ दशमलव ३६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा दर्ता भएका २०५ मुद्दामध्ये ५१ वटा सम्बन्धविच्छेदसम्बन्धी रहेको अदालतका सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिए ।

वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा मंगलबार, साउन ३०, २०८० महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई–तीन दिन वर्षा धेरै हुने देखिँदैन । ‘मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन, यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन,’ उनले भने, ‘शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ ।’
काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस मंगलबार, साउन ३०, २०८० नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा दिएको सन्देश...

भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न, हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने मंगलबार, साउन ३०, २०८० चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको उक्त प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा रहँदै आएको थियो । चितवनको भरतपुर महानगर–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर लम्बाइको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

‘ब्रेक शु’सँगै ल्याएको सुन गालेर सकियो, तौल सार्वजनिक गर्ने तयारी मंगलबार, साउन ३०, २०८० मंगलबार बिहान बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा सुन गाल्न सुरु गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सुन गालेको हो ।

करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थमा फर्काउने तयारी मंगलबार, साउन ३०, २०८० अर्थ सचिव अर्जुन पोखरेलको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई हटाउने तयारी सरकारले गरेको हो । उनको ठाउँमा यसअघि अर्थ सचिव रहिसकेका कृष्णहरि पुष्कर वा केवल भण्डारी मध्ये एक जनालाई ल्याउने तयारी गठबन्धन सरकारको छ । बजेटमा करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव हुन् पुष्कर । सचिव पोखरेल अर्थमा आउनुअघि प्रधानमन्त्री...

मौसम सुधारसँगै चार दिनपछि मनाङ जाने सडक खुल्यो मंगलबार, साउन ३०, २०८० मौसममा सुधार भएसँगै हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र सडक सञ्चालन भएको छ । अविरल वर्षासँगै चार दिनदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुरु भएको हो । सडकमा आवतजावत ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्ग दर्शक (गाइड), कर्मचारी बीच बाटोमै अलपत्रमा परेका...

श्रीको 'कोसेली'मा रजनी र रोशनको रोमान्स मंगलबार, साउन ३०, २०८० युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन् । महफुज हुसेनले छायाकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो ।

मुगु जीप दुर्घटनामा थप एक जनाको मृत्यु, यी हुन् मृत्यु हुनेहरू मंगलबार, साउन ३०, २०८० घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।

राम्रो कार्य भइरहेको बेला नकारात्मक कुरा हाबी भयो : अर्थमन्त्री मंगलबार, साउन ३०, २०८० अर्थमन्त्री प्रकाशशरण महतले देशमा राम्रो काम भइरहेको दाबी गरेका छन् । उनले देशमा राम्रो काम हुँदै गर्दा नकारात्मक कुरा हाबी भएको गुनासो गरे । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेका कार्यहरूमा सबै सकारात्मक बनेर लाग्नु पर्ने बताए ।

प्रधानमन्त्रीलाई कर्णालीबासीको आग्रह : ‘अपरेशन आवर’को निर्णय खारेज गरिदिनु मंगलबार, साउन ३०, २०८० कर्णालीका विभिन्न जिल्लासहित देशका दुर्गम जिल्लाहरूमा अहिले हवाई उडान ठप्प छ । नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका छन् । प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । विमान कुर्दा हुम्लामा हालसम्म...









