News Griha :: न्यूजगृह
श्रीको 'कोसेली'मा रजनी र रोशनको रोमान्स

काठमाडौं— गायिका श्री मोक्तानको स्वरमा रहेको 'कोसेली' बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा संगीत रहेको छ । 

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडिओमा योञ्जन, रोशन अधिकारी र बिनोद खड्का फिचर्ड छन् । महफुज हुसेनले छायाकन गरेको भिडिओलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । 

अमेरिकामा निर्माण गरेको भिडिओ स्टाइलिस्ट बनेको छ । भिडिओ कोसेली स्टुडियोको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ११:५८
Weather Update