News Griha :: न्यूजगृह
डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री भारत प्रस्थान
डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री भारत प्रस्थान मंगलबार भारत भ्रमण प्रस्थान गर्नुअगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग मन्त्री बस्नेतले भने, ‘गुजरातमा डब्लुएचओले आयोजना गरेको डिक्लेरेशन २०२३ मा नेपालको तर्फबाट हाम्रो टिमले प्रतिनीधित्व गर्दै छ ।’
मिटरब्याजी पीडितले फिर्ता पाए दुई कट्ठा जमिन
मिटरब्याजी पीडितले फिर्ता पाए दुई कट्ठा जमिन पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए । रत्ननगर नगरपालिका–९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् ।अनुचित लेनदेनका कारण आफूले जग्गा दिनु परेको र उक्त जग्गा फिर्ता गरी पाऊँ भनी...
देशभर डेंगुबाट १३ हजार जना संक्रमित, सतर्कता हुन आग्रह
देशभर डेंगुबाट १३ हजार जना संक्रमित, सतर्कता हुन आग्रह देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार २९२ जना बिरामी परेका छन् ।
हामीले ठिक ठानेर प्रतिनिधि सभा विघटन गर्‍यौँ : केपी ओली
हामीले ठिक ठानेर प्रतिनिधि सभा विघटन गर्‍यौँ : केपी ओली नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेको प्रतिनिधि सभा विघटन सही भएको बताएका छन् । उनले नेपालको वामपन्थी आन्दोलन समाप्त पार्ने योजना रोक्न प्रतिनिधि सभा विघटन गरेको बताए । मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन...
कक्षा १२ को नतिजा साँझ सार्वजनिक हुने
कक्षा १२ को नतिजा साँझ सार्वजनिक हुने कक्षा १२ को नतिजा मंगलबार साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साँझ साँझ ५ बजे नतिजा सार्वजनिक गर्ने जनाएको हो । परीक्षा नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्ने तयारी गरिएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब साढे चार लाख...
आरती साहको लागि न्याय माग्दै रास्वपाका सांसद बसे धर्ना
आरती साहको लागि न्याय माग्दै रास्वपाका सांसद बसे धर्ना जनकपुरधाम उपमहानगर–९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिएको छ । मंगलबार काठमाडौंको माइतीघरमा साहका लागि न्याय माग्दै रास्वपाका सांसद मनिष झाले प्रहरीको ज्यादतीबारे आफूले पहल गरेको बताए । 
नेप्से परिसूचकमा भारी गिरावट
नेप्से परिसूचकमा भारी गिरावट आजको कारोबारपछि इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव १८ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरै घट्नेमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य सात दशमलव ६९ प्रतिशतले घटेको छ ।
राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित
राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित साउन ३१ गते दिउँसो १ः१ बजे बस्ने गरी तय भएको उक्त बैठक सत्तापक्ष र प्रतिपक्षबीच सदन खुलाउने सहमति नभएकाले स्थगित भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयले सूचना टाँसेर राष्ट्रिय सभाको अर्को बैठक भदौ ५ गते मंगलबार दिउँसो १ः१ बजे बस्ने तय भएको जनाएको छ । 
महाशाखा प्रमुख आचार्यले भने : सुन ‘पेओर’ हो वा कमसल हो ?, एक हप्ताभित्र थाहा पाउनु हुन्छ
महाशाखा प्रमुख आचार्यले भने : सुन ‘पेओर’ हो वा कमसल हो ?, एक हप्ताभित्र थाहा पाउनु हुन्छ ब्रेक शुबाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो । उनका अनुसार उक्त सुनलाई ३४ वटा बिस्कुट बनाइएको छ । सुन जोखेपछि पत्रकार सम्मेलनमा बोल्दै महाशाखा प्रमुख आचार्यले भने, 'अब यो सुनको गुणस्तर कति हो ? ‘पेओर’ सुन हो ? वा कमसल सुन हो ? जे हो,...
भीरबाट लडेर युवकको मृत्यु
भीरबाट लडेर युवकको मृत्यु प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार उनको पानलोटी भिरबाट लडेर मृत्यु भएको हो । ढकाल गाईवस्तु चराउन अदानचुली र ताँजाकोटको बीच भागमा पर्ने पानलोटी खर्क गएका थिए । 
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो ।सुनसहित १५५ किलो ब्रेक शु बरामद गरी सार्वजनिक गरिएको थियो ।
प्रचण्ड-नेपाललाई लक्षित गर्दै ओलीले भने : दक्षिणपन्थीको झोला बोक्नेलाई भन्छन् झोले
प्रचण्ड-नेपाललाई लक्षित गर्दै ओलीले भने : दक्षिणपन्थीको झोला बोक्नेलाई भन्छन् झोले उनले माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाललाई लक्षित गरी दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गरेका हुन् । बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले नेपालले एमालेमै हुँदासमेत वामपन्थी दुई तिहाइको सरकार ढाल्नका लागि दक्षिणपन्थी सरकार बनाउन भोट हालेको दाबी गरे ।
Weather Update