News Griha :: न्यूजगृह
‘ब्रेक शु’बाट निकालेको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

काठमाडौं— हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको तौल ६० किलो ७१६ ग्राम भएको छ ।

ब्रेक शुबाट सुन निकालेर गालेपछि ७३ ग्राम तौल घटेको हो । ब्रेक शुबाट निकाल्दा सुनको तौल ६० केजी ७८९ रहेको थियो ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालेको थियो ।

छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकालिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।

गालेपछि सुनको तौल केही घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुने भएको छ ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो । सुनसहित १५५ किलो ब्रेक शु बरामद गरी सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:०४
Weather Update